प्रिमियर लिगमा लिड्समाथि चेल्सीको शानदार जित
फरकधार / २९ बैशाख, २०७९

इंग्लिस प्रिमियर लिगअन्तर्गत लिड्स युनाइटेडिवरुद्ध चेल्सी ३–० ले विजयी भएको छ । चेल्सीले घरेलु टोली लिड्स युनाइटेडलाई ३–० ले पराजित गरेको हो ।



गएराति एलान्ड रोडमा भएको खेलमा पाहुना टोली चेल्सीलाई जित दिलाउन मेसन माउन्ट, क्रिस्टियन पुलिसिस र रोमेलु लुकाकुले गोल गरे । खेलको चौथो मिनेटमा माउन्टको गोलबाट चेल्सीले अग्रता लिएको थियो ।

२४ औं मिनेटमा ड्यानियल जेम्सले सिधै रातो कार्ड बैहोर्दै मैदान छाडेपछि घरेलु टोली १० खेलाडीमा समेटियो । ५५ औं मिनेटमा पुलिसिसले पाहुना टोलीको अग्रता दोब्बर पारे । 



८३ औं मिनेटमा लुकाकुले गोल गरेपछि चेल्सीले ३–० को सहज जित निकाल्यो । जितसँगै तेस्रो  स्थानको चेल्सीले ३६ खेलमा ७० अंक जोड्दा पराजित लिड्स समान खेलबाट ३४ अंकका साथ १८ औं  स्थानमा छ ।



लिगअन्तर्गतकै अन्य खेलमा लेस्टर सिटीले नर्विच सिटीलाई ३–० ले पराजित गर्दा वाटफोर्ड र एभर्टनले गोलरहित बराबरी खेले ।  

  • प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार ८:४:२९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया