सुर्खेतमा एमाले उपमेयर उम्मेदवारको टोली पैसा बोकेर चर्चभित्र पसेपछि...

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमालेबाट उपमेयरको उम्मेदवार रहेका निलकण्ठ खनालसहितको समूहलाई स्थानीयले नियन्त्रणमा लिएको छ । मौन अवधिमा वीरेन्द्रनगर–४ मा रहेको एक चर्चमा पुगेपछि उप्रेतीको समूहलाई स्थानीयले नियन्त्रणमा लिएको हो ।  

स्थानीयका अनुसार बुधबार बेलुका साढे आठ बजेतिर खनालसहित वडा नं. ४ बाट वडाध्यक्षका उम्मेदवार शेरबहादुर केसी, वडा सदस्यका उम्मेदवार टीका घले, अम्मर कार्कीलगायतहरू एमाले नेता यामलाल कँडेलको घर नजिकै रहेको उपासना चर्चभित्र पैसा बाँड्न पसेका थिए ।

उनीहरू चर्चमा पैसा बोकेर पसेको थाहा पाएपछि स्थानीयले केहीबेर उनीहरूलाई नियन्त्रणमा लिएका थिए । ‘चर्चभित्र पैसा बाँड्ने तयारी गरिरहेका बेला हामीले थाहा पाएर केहीलाई नियन्त्रणमा लियौं, केही भाग्न सफल भए । तर, प्रहरीले कुनै छानबिन नगरेर हामीले जिम्मा लगाएका व्यक्तिहरूलाई छोड्यो’, एक स्थानीयले भने ।

स्थानीयले वडाध्यक्षका उम्मेदवार केसीको डायरीसमेत नियन्त्रणमा लिएका छन् । उक्त डायरीमा एमालेले पैसा वितरण गरेकाहरूको नाम र दिएको पैसा लेखिएको छ । स्रोतका अनुसार ६ लाख रुपैयाँ बोकेर एमालेका उम्मेदवार चर्चभित्र पसेका थिए ।
 





  • प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार १०:२९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया