अन्सारीको स्पष्टोक्ति : नियोजित ढंगले चरित्र हत्या गर्ने प्रयास गरियो

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नियोजित ढंगले आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिएको बताएका छन् । 

जनकपुरधाममा केही गुन्डाहरूले आफूसँग अभद्र व्यवहार गर्ने प्रयास गर्दा प्रहरीले सुरक्षा दिएर आफूलाई त्यहाँबाट निकाली एअरपोर्टसम्म पुर्याएको स्पष्ट पारेका छन् । 

अध्यक्ष अन्सारीले आफूमाथि पैसा बाँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको आरोप बिलकुलै निराधार र कपोलकल्पित रहेको दाबी गरेका छन् । 

बिहीबार बिहान जनकपुरधामस्थित होटेल सीताशरणमा अध्यक्ष अन्सारीले मतदातालाई प्रभावमा पार्न पैसा बाँडिरहेको भन्दै केही व्यक्तिहरुले होटेल घेराउ गरेका थिए । 

प्रहरीले अन्सारीलाई होटलबाट विमानस्थलसम्म पुर्याएका थिए । धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले आफूहरुले उनलाई नियन्त्रणमा नलिएको र अन्सारी संवैधानिक निकायका व्यक्ति रहेकाले उनको खानतलासी गर्ने अधिकारसमेत नभएको बताए ।





  • प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार १४:३१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया