काठमाडौं महानगर प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?

देशभर शुक्रबार स्थानीय तह सदस्यको निर्वाचन हुँदै छ । स्थानीय तहको निर्वाचनका लागि मतदानका लागि सहरमा रहेका जनता, विभिन्न पार्टीका नेताहरू आ-आफ्ना स्थानीय तहमा पुगिसकेका छन् ।

यस्तैमा संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा पनि मतदानको तयारी सकिएको निर्वाचन आयोगले जनाएको छ । काठमाडौं महानगरको प्रमुख पदको उम्मेदवारहरूले कहाँ-कहाँबाट मतदान गर्दै छन् त ? 

सत्ता गठबन्धनबाट काठमाडौं महानगरको प्रमुख पदमा उम्मेदवारी दिएकी सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने गर्ने भएका छन् । 

सिंहले वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्ने बताइएको छ । एमालेको तर्फबाट प्रमुख पदको उम्मेदवारी दिएका स्थापितले वडा नम्बर २८ स्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान दिँदै छन् ।

विवेकशील साझाबाट कामपाको प्रमुखको उम्मेदवारी दिएकी समीक्षा बाँस्कोटाले वडा नम्बर ३१ स्थित भ्याली भ्यु मतदान केन्द्र र स्वतन्त्रबाट प्रमुखकै उम्मेदवारी दिएका वालेन्द साह (वालेन) ले वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान गर्दै छन् ।   

त्यसैगरी गठबन्धनकै तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले वडा नम्बर १२ र एमालेको तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएकी सुनिता डङ्गोलले वडा २१ बाट मतदान गर्ने बताइन् ।



शुक्रबार सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि कामपाको लागि १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ । 



  • प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार १६:२४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया