एकीकृत समाजवादीका शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?
फाइल तस्वीर

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।

एकीकृत समाजवादीले बिहीबार विज्ञप्ति निकालेर दिएको जानकारीअनुसार शुक्रबार हुने स्थानीय तह निर्वाचनमा अध्यक्ष नेपालले गौर १, भन्सार बजारनजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् । 

यसैगरी इलामको सूर्योदय नगरपालिका– ९ को मतदाता रहेका नेता झलनाथ खनालले करफोकस्थित करफोक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् । 





  • प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार १७:२३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया