गृहमन्त्री खाण र कांग्रेस उम्मेदवारविरुद्ध फेरि पर्‍यो उजुरी

गृहमन्त्री बालकृष्ण खाण रुपन्देहीको तिलोत्तमामा बसेर मतदाता प्रभावित पारेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । 

त्यस्तै, कांग्रेस उम्मेदवार रामकृष्ण खाणले पनि मतदाता भेटघाट गरी मौन अवधिमा आचारसंहिताको उल्लंघन गरेको भन्दै आयोगमा उजुरी परेको छ ।

तिलोत्तमा नगरपालिकामा गृहमन्त्रीका भाई रामकृष्ण खाण मेयरका उम्मेदवार छन् । गृहमन्त्री खाणले आफ्नै घरमा विभिन्न मतदातालाई बोलाएर भेटघाट गर्ने गरेको र मौन अवधिमा समेत कतिपयलाई पार्टी प्रवेश गराएर आचारसंहिता विपरित गतिविधि गरेको भन्दै आयोगमा  उजुरी परेको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ का दिपेश कंडेलले गृह प्रशासनको आडमा गृहमन्त्री जस्तो व्यक्तिले आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै मन्त्री खाण र कांग्रेस उम्मेदवार रामकृष्ण खाणमाथि कारवाहीको माग गरेका हुन् । 

गृहमन्त्री र उम्मेदवार खाण विरुद्ध यसअघि पनि आयोगमा उजुरी परेको थियो । आचारसंहिता विपरित घरदैलो कार्यक्रममा सहभागी भएको भन्दै आयोगमा यसअघि नै उजुरी परेको थियो । 

त्यस्तै उम्मेदवार खाणविरुद्ध यसअघि सार्वजनिक स्थानमा प्रचार सामग्री राखेको भन्दै उजुरी परेको थियो ।





  • प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार २०:२३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया