राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी
फाइल तस्बिर

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी परेको छ । पर्वतका राजनीतिक दलहरूले कारबाहीको माग गर्दै अध्यक्ष तिमिल्सनाविरुद्ध जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी दिएका हुन् ।

उनीहरूले अध्यक्ष तिमिल्सनाले मौन अवधिमा एमालेको आन्तरिक बैठक, प्रशिक्षण गरेर एमालेको विपक्षमा रहेका नेता कार्यकर्तालाई भौतिक र फोनबाट धम्क्याउनेको आरोप लगाएका छन् । 

उनीहरूले सरकारी सुविधाको दुरुपयोग गर्ने तथा मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीलाई बोलाएर एमालेको पक्षमा माहोल बनाउन आदेश दिने गरेर पदीय मर्यादाको समेत अपमान गरेको भन्दै कारबाहीको माग गरेका छन् । 

निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।





  • प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार २०:५५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया