बझाङको जयपृथ्वी नगरपालिका–१ स्थित नारायण मावि पिमी कैलाश मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको छ ।
प्रेसकुकर बम जस्तो देखिने उक्त शंकास्पद वस्तु डिस्पोज गर्न वीरभद्रजंग गुल्म पानकोटबाट नेपाली सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ ।
यस्तै, जिल्लाकै बुंगल नगरपालिका–८ पिजलीको महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा रङको बट्टा जस्तो शंकास्पद वस्तु भेटिएको छ । उक्त शंकास्पद वस्तु निष्क्रिय पार्न सेनाको टोली पठाइसकिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।