आजको मौसम : तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आज पनि देशका केही क्षेत्रमा वर्षाको आँकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान लुम्बिनी र प्रदेश–१ का एक/दुई स्थानमा वर्षा भएको छ ।

दिउँसो प्रदेश–१, बागमती र गण्डकीका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको आँकलन गरिएको छ ।

महाशाखाका अनुसार राति प्रदेश–१ का केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना छ ।  





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार ७:२१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया