सभामुख सापकोटाले गरे मतदान

स्थानीय तह निर्वाचनअन्तर्गत सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकबाट मतदान गरेका छन् । उनले जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

स्थानीय निर्वाचनमा मतदान गर्न सभामुख सापकोटा हिजो नै गृहनगर आइपुगेका थिए । उनी चौतारा साँगाचोकगढी नगरपालिका–५ कुविण्डेका मतदाता हुन् । सभामुख सापकोटाले उक्त केन्द्रबाट पहिलो मत खसालेका छन् ।

सभामुख सापकोटाका भाइ कृष्णप्रसाद सापकोटा चौतारा नगरमा प्रमुखका उम्मेदवार छन् । उनी माओवादी–एकीकृत समाजवादी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् ।  





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार ७:३९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया