स्थानीय तह निर्वाचन :
धनगढी : मतदानमा उत्साह [तस्बिरहरू]

देशमै चासोको रूपमा हेरिएको धनगढी उपमहानगरपालिकामा पनि मतदान सुरु भएको छ । यहाँ उपमहानगरपालिकाको विभिन्न केन्द्रमा निर्धारित समयमै मतदान सुरु भएको हो । यसपालि धनगढीमा प्रमुख, उपप्रमुसहित ९७ जना जनप्रतिनिधि छान्नका लागि मतदान भइरहेको हो । उपमहानगरको प्रमुखका लागि नौ जना प्रतिस्पर्धा छन् । यसपटक उपमहानगरमा ९३ हजार १ सय ५१ मतदाता छन् । धनगढीमा सबैभन्दा बढी वडा नम्बर ३ मा मतदाता छ । यो वडामा कुल मतदाता ८ हजार २२१ रहेका छन् ।   

तस्बिरमा हेरौं धनगढीमा मतदान :





 

  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार ९:७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया