आमाको किरिया बसेका तीन दाजुभाइले एक घण्टा हिँडेर गरे मतदान

मुगुको खत्याड गाउपालिका–८ सुकाढिक गाउँका तीन दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गरेका छन् । आमाको मृत्यु भाएको ७ दिन पुगेका उनीहरूले १ घण्टा उकालो बाटो हिँडेर मतदान गरेका हुन् । 

उनीहरूले खत्याड गाउपालिका–८ आम गाउँमा रहेको श्री सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

किरिया बस्ने दाजुभाइमा खत्याड गाउपालिका–८ सुकाढीक गाउँका ५६ वर्षीया कविराज कार्की,  माइला भाइ वीरबहादुर कार्की र जयसुर कार्कीले करिब साढे ८ बजेतिर मतदान गरेका हुन् । 

पाँच वर्षमा एकपटक आउने स्थानीय तहका जनप्रतिनिधि छनोट गर्न राम्रा मान्छेलाई चुन्नु पर्ने भएकोले आफ्नो अमूल्य मतदान गर्न आएको कविराजले बताए ।   





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार १०:४६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया