महोत्तरीको बलवामा गोली चल्यो

महोत्तरीको बलवा नगरपालिकामा गोली चलेको छ । स्थानीय तहको निर्वाचनअन्तर्गत भइरहेको मतदानको क्रममा जिल्लाको बलवा नगरपालिका–५ को मतदानस्थलमा विवाद हुँदा प्रहरीले एक राउण्ड गोली प्रहार गरेको हो ।

बलवा–५ स्थित मनसिव महाविर आधारभूत विद्यालयमा रहेको केन्द्रमा जनता समाजवादी पार्टीबाट वडा नं. ५ का उम्मेदवार धमेन्द्र यादवले रुजु गर्नका लागि राखिएको मतदाता नामावली च्यातिएपछि विवाद भएको थियो ।

विवादले उग्ररूप लिने देखिएपछि भिडलाई तितरवितर गर्न सुरक्षाकर्मीले एक राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । 

अहिले विवाद समाधान भएर मतदान भइरहेको उनले बताए । यस्तै, जिल्लाको बाँकी मतदानस्थलमा अहिलेसम्म शान्तिपूर्ण रूपले मतदान भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार ११:५९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया