मतदान केन्द्रभित्र छिर्न खोज्दा माधव नेपालविरुद्ध नाराबाजी
फरकधार / ३० बैशाख, २०७९

रौतहटको गौरमा मतदान केन्द्रभित्र छिर्न खोज्दा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध स्थानीयले नाराबाजी गरेका छन् । 



सदरमुकाम गौरको विभिन्न वडाको मतदान केन्द्रमा घुम्ने क्रममा वडा नं. ५ गौरी शंकर यादव रौतहट क्याम्पस मतदान केन्द्रभित्र छिर्न खोज्दा उनीविरुद्ध स्थानीयले नाराबाजी गरेका हुन् ।

गौर–२ स्थित राम जानकी कन्या प्राविमा मत खसालेर गौरी शंकर क्याम्पसको बुथमा छिर्न क्रममा नाराबाजी भएपछि उनी सुरक्षाकर्मीको सहयोगमा त्यहाँबाट बाहिर निस्किएका छन् । 





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार १२:५:२२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया