सुनसरीको मतदान केन्द्रमा राइफल पड्कियो

सुनसरीमा मतदान जारी रहेको समयमा राइफल पड्किएको छ । जिल्लाको भोक्रहमा सुरक्षाकर्मीले बोकेको राइफल असावधानीका कारण पड्किएको सुनसरी प्रहरीका प्रमुख प्रहरी उपरिक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

‘झगडा मिलाउन वा अन्य कुनै विवादका कारणले होइन,’ उनले फरकधारसँग भने, ‘मिस्टेक्ली, एक्सिडेन्टली पड्किएको हो । सामान्य विषय हो । शान्तिपूर्णरूपमा मतदान भइरहेको छ ।’ 

राइफल पड्किएपछि केही समय मतदाताको भागाभाग भएका थिए ।  





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार १२:२२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया