स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
मतदानका लागि जाँदै गरेका मतदाताहरू बाेकेकाे ग २ च ३०२६ नम्बरकाे जिप वालिङको पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा दुर्घटनाग्रस्त भएको हो । जिप सडकबाट ५०० मिटर तल खसेको बताइएको छ । मतदान केन्द्रतर्फ जाँदै गरेकालाई लिएर जाँदै गरेको जिप दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाका अनुसार घाइते ११ जनालाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज पठाइएको छ भने एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ । मृतकको सनाखत भइनसकेको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।