नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शासकलाई नभइ सेवकलाई छानेर भोट हाल्न आग्रह गरेका छन् । शुक्रबार क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गर्दै उनले सेवकलाई छानेर भोट हाल्न मतदातासँग आग्रह गरेका हुन् ।
नेता सिंहले अब आउने नयाँ नेतृत्वले काठमाडौंका हरेक समस्यालाई समाधान गर्नुपर्ने चुनौती रहेकोले मतदाताले योग्य व्यक्तिलाई जिताउनेमा आफू विश्वस्त रहेको पनि बताए ।
‘शासकभन्दा सेवकलाई छानेर भोट गर्नुहुनेछ भन्ने विश्वास छ । काठमाडौं महानगरपालिकाको समस्यालाई सम्बोधन गर्नको लागि नयाँ टिमले काम गर्नेछ । राजनीतिक स्थिरता कुन पार्टीलाई दिँदा हुन्छ भन्ने हिसावले भोट हाल्न मतदातालाई आग्रह गर्दछु,’ उनले भने ।
सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेस नेतृ सिर्जना सिंह उम्मेदवार छिन् । स्थानीय तहको निर्वाचन आज देशभर ७५० वटा स्थानीय तहमा भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।