बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो गृहजिल्ला धादिङमा मतदान गरेका छन् । उनले गजुरी गाउँपालिका–२ स्थित वडा कार्यालय भवन अमिलटारमा मतदान गरेका हुन् ।
यसपालिको स्थानीय तहको निर्वाचनमा धादिङमा २ लाख ६८ हजार ४ सय ७२ मतदाता रहेका छन् । जसमध्ये १ लाख ३६ हजार ४ सय ३१ पुरुष, १ लाख ३२ हजार ४० महिला र एकजना अन्य हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।