धनुषाको एक मतदान केन्द्रका मतदान अधिकृत पक्राउ

धनुषाको एक मतदान केन्द्रका मतदान अधिकृत पक्राउ परेका छन् ।

जिल्लाको मिथिला नगरपालिका–९ स्थित सार्वजनिक मावि मतदान केन्द्रका मतदान अधिकृत किरण सिंह पक्राउ परेका हुन् । 

मतदान अधिकृत सिंह आफैंले मतपत्रमा छाप हानिरहेको अवस्थामा पक्राउ परेका छन् ।

दुईवटा मत छापिरहेको अवस्थामा पोल एजेन्टहरूले देखेपछि केही बेर मतदान स्थगित भएको थियो । 

५ मिनेटमै सिंहले दुईवटा मतपत्रमा रुख छापमा मोहर लगाएको स्थानीय पोल एजेन्टले बताए । 

मतदान अधिकृत सिंह स्थानीय बासिन्दा हुन् । उनको घरपरिवार नेपाली कांग्रेसका समर्थक छन् ।



स्थानीय भएकै कारण माफी मागेपछि उनलाई सबैले माफ गरिदिएको स्थानीयले बताएका छन् ।

उनले अब यस्तो नगर्ने प्रतिबद्धता गरी माफी मागेपछि मतदान सुरु भएको छ ।



  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार १४:४१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया