निर्वाचन अपडेट : दुई दर्जनभन्दा बढी ठाउँमा मतदान अवरुद्ध, १२ स्थानमा हवाइ फायर

आज बिहानदेखि सुरू भएको स्थानीय तह निर्वाचन देशभर शान्तिपूर्ण रूपमा चलिरहेको छ । २ बजेसम्म देशभरबाट ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । 

त्यो अवधिसम्ममा विभिन्न जिल्लामा ३० भन्दा बढी ठाउँमा मतदान प्रभावित भएको छ । दुई पक्षबीच झडप, विवादका कारण ति क्षेत्रको मतदान प्रभावित भएको हो । 

झडपको स्थिति नियन्त्रणमा लिनलाई प्रहरीले १२ ठाउँमा हवाइ फायर गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले ३० भन्दा बढी ठाउँमा मतदान प्रभावित भएको बताए । प्रभावित भएका क्षेत्रमा पुनः मतदान गराउन पहल भईरहेको उनको भनाइ छ । 

छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्वक भइरहेको उनको भनाइ छ । दोलखा, रामेछाप, सर्लाही, पर्वत, हुम्ला, बाजुरा, दार्जुला, ओखलढुंगा, बारा, पर्सा, गोरखा, दैलेख लगायतका जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान प्रभावित भएको प्रवक्ता केसीले बताए । 

झडपपछि स्थिति नियन्त्रणमा लिनलाई हवाइ फायर गर्नुपरेको उनको भनाइ छ । केही स्थानमा भने सेनाले स्थिति नियन्त्रणमा लिएको छ । केही स्थानमा भने रोकिएको मतदान पुनः सञ्चालन भइसकेको छ । 



केही ठाउँमा रोकिएको मतदान पुनः सुचारू गर्ने विषयमा सर्वदलीय बैठकमा छलफल भइरहेको छ ।



  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार १५:१३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया