व्यवस्थापन फितलो भएको भन्दै हेटौंडाका मतदाता आक्रोशित

हेटौंडा-९ स्थित प्रगति मावि मतदान केन्द्रमा निर्वाचनको व्यवस्थापन फितलो देखिएको छ । व्यवस्थापनमा खटिएका कर्मचारी, प्रहरी तथा स्वयंसेवकहरूले लापरबाही गरेको भन्दै मतदाता आक्रोशित भएका छन् ।

पानी परेर लगभग डेढ घण्टा निर्वाचन रोकिएर पुनः सुचारु हुने क्रममा मतदाताको लाइन व्यवस्थापन राम्रोसँग नहुँदा मतदान केन्द्रको प्रवेशद्वारमा मतदाताको भिड लागेको छ । 

लाइन व्यवस्थापनका लागि खटाइएका स्वयंसेवकहरू बिहानी समयमा देखिए पनि आवश्यक पर्दा नदेखिएको मतदाताको आरोप छ । 

निर्वाचन आयोगले नै खटाएका स्वयंसेवकहरू नै बिहानीको समयमा मतदातासँग मत माग्दै गरेको भेटिएपछि केही समय चर्काचर्कीसमेत भएको थियो ।





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार १५:२३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया