झापामा ५० प्रतिशत मत खस्यो
फरकधार / ३० बैशाख, २०७९

झापामा ५० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार दिउँसो ३:१५ सम्म ५० प्रतिशत मत खसेको हो । 



हालसम्म तीन लाख २० हजार मत खसेको जिल्ला निर्वाचन कार्यालय तुलसीकुमार नेपालले जानकारी दिए ।

झापामा पनि ६८४ पदको लागि आज निर्वाचन भइरहेको छ ।  झापामा यसअघि कचनकवलमा एक जना दलित महिला वडासदस्य निर्विरोध निर्वाचित भएका कारण आज ६८४ पदमा निर्वाचन भइरहेको हो ।

नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्यसहित ६८४ पदका लागि दुई हजार ७८७ जना चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । झापामा २८६ वटा मतदानस्थल र ७५५ मतदान केन्द्रमा धमाधम मतदान भइरहेको छ ।



झापामा ६ लाख ४६ हजार २३४ जना मतदाता छन् । अहिले मतदानस्थलमा मतदाताको संख्या घटेको नेपालले बताए । 'अहिले मतदान केन्द्रहरूमा मतदाताको संख्या क्रमशः कम भएको छ,' उनले भने ।

  

  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार १५:५८:६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया