मतपेटिका संकलन जारी, आजै रातिबाट मतगणना थालिने

निर्वाचन आयोगले तय गरेको मतदानको समय सकिएसँगै देशभर मतपेटिका संकलनको काम भइरहेको छ । 

आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तय गरेको थियो । तय गरेको समयमा देशभर एक साथ ७५३ स्थानीय तहको निर्वाचन भएको छ । 

आयोगका अनुसार मतदानका लागि लाइनमा बसेका मतदाताले अझै मत दिन पाउनेछन् । 

कतिपय स्थानमा विवादका कारण ढिलो गरी मतदान प्रक्रिया सुरु भएकाले अझै मतदान जारी रहेको बताइएको छ । तर, मतदान सम्पन्न भएका स्थानमा भने मतपेटिका संकलन जारी छ ।

निर्वाचन आयोगले आजै रातिबाट मतगणना थाल्ने तयारी गरेको छ । जसका लागि मतपेटिका सिल गरेर मतगणना स्थलमा लगिँदै छ ।

सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृतको कार्यालय वा मुख्य निर्वाचन अधिकृतले तोकेको स्थानमा मतपेटिका लगिने छ । 



मतगणना सुरु हुनुभन्दा पहिला सर्वदलीय बैठक राखेर सबैको सहमतिमा मतपेटिका खोलेर मतगणना सुरु हुने छ ।
 
आयोगले स्थानीय तह सदस्य निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । पौने पाँच बजेसम्मको प्रारम्भिक विवरण अनुसार देशभर ६० प्रतिशत मतदान भएको छ ।



  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार १८:२७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया