उदयपुरको कटारी नगरपालिका १० स्थित कालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा गोली चलेको छ । मतदान केन्द्रमा गोली चलेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले पुष्टि गरे ।
‘मतदानको अन्तिम समयमा गोली चलेको जानकारी आएको छ । कस्ले चलायो ? किन चलायो ? केमा विवाद भयो ? हामी बुझिरहेका छौँ’ उनले भने ।
यता, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीनराज राईका अनुसार गोली लागेर एक स्थानीय र एक सुरक्षाकर्मी घाइते भएका छन् ।
गोली लागेर स्वतन्त्र अध्यक्षका उम्मेदवार गौर बहादुर कटुवालका भतिज २२ वर्षीय नवीन कटुवाल घाइते भएको बताइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।