अभियुक्तलाई शपथ गराइको भन्दै राष्ट्रिय जनमोर्चाद्वारा विरोध

काठमाडौं– टीकापुर काण्डका अभियुक्त रेशमलाल चौधरीलाई प्रतिनिधिसभा सदस्यको शपथ गराइएकोप्रति राष्ट्रिय जनमोर्चाले विरोध जनाएको छ । 

सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको प्रेस विज्ञप्तिमा पुर्पक्षका लागि थुनामा रहेका चौधरीलाई शपथग्रहण गराएर ‘माननीय सांसद’को मान्यता दिनु गलत कार्य भएको भनदै आपत्ति जनाइएको छ ।
 
जघन्य हत्यासम्बन्धी फौजदारी अभियोगलाई राजनीतिक घटनाको संज्ञा दिएर चौधरीलाई सांसदको शपथ गराउनु कानुनविपरीत र अनैतिक भएको जनमोर्चाको ठहर छ । 





  • प्रकाशित मिति : पुस २०, २०७५ शुक्रबार १८:४१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया