काठमाडौं महानगरमा मात्रै ५२ प्रतिशत मत खस्यो, प्रमुख आयुक्त भन्छन् - गम्भीर र सोचनीय विषय

निर्वाचन आयोगले सबैभन्दा बढी मत खस्ने अपेक्षा गरेको महानगर हो- काठमाडौं ।

मतदाता संख्यासमेत बढी भएकाले सोही आधारमा धेरै नै मत खस्ने अनुमान आयोगको थियो । तर, अपेक्षा अनुसार मत खस्न सकेन् ।

निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन, मतदाताको सुलभ पहुँचका बाबजुद पनि आधामात्रै मत खसेको आयोगले जनाएको छ । 

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सबै व्यवस्थापकीय हिसाबले राम्रो मानिएको काठमाडौं महानगरमा निकै कम मत खसेको बताए ।

'हामीले काठमाडौं महानगरमा धेरै अपेक्षा गरेका थियौं । योभन्दा त अपेक्षा नै नगरेका जिल्लामा पनि ७०, ७५ प्रतिशतसम्म मत खसेको छ । यो एकदमै गम्भीर र सोचनीय विषय बनेको छ' थपलियाले भने ।  

राजनीतिक दलको असहयोगका कारण निर्वाचन अपेक्षाअनुसार सफल हुन नसकेको उनको भनाइ छ ।





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार २१:४३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया