उदयपुरको कटारीमा गोली चल्यो, एक किशोरको मृत्यु
फरकधार / ३१ बैशाख, २०७९
फाइल फाेटाे

उदयपुरको मतदान केन्द्रमा प्रहरीले चलाउँदा एक किशोरको मृत्यु भएको छ । त्यस्तै, अर्का एकजना घाइते भएका छन् । 



जिल्लाको कटारी नगरपालिका– १० सोरुङछबिसेमा रहेको जनता कालिका माविको मतदान केन्द्रमा विवाद हुँदा प्रहरीले गोली चलाएको हो ।  मतपेटिका सिलबन्दी गर्ने क्रममा विवाद हुँदा गोली चलाउनु परेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादबले जानकारी दिए ।

उनले भने, ‘मतदान सकिएपछि अन्तिम समयमा गोली चलेको जानकारी आएको छ । गोली लागेर कटारी नगरपालिका– १० सोरुङछबिसेका  स्वतन्त्र वडाध्यक्षका उम्मेदवार गौरवहादुर कटुवालका भतिज १९ वर्षीय नवीन भन्ने वीरबहादुर कटुवालको मृत्यु भएको हो ।

त्यस्तै, घरमा बसिरहेका १३ वर्षीय किशोर मोहन श्रेष्ठको घुँडामा गोली लागेको छ । 
    



  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार ६:१५:३९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया