मकवानपुरको भीमफेदीमा गठबन्धनको अग्रता, पछ्याउँदै एमाले

मकवानपुरको भीमफेदी गाउँपालिकामा गठबन्धनले सुरुवाती अग्रता लिएको छ ।

गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार बद्रीबहादुर स्याङ्तानले प्रारम्भिक मतगणनामा ४ सय ५ मत ल्याएका छन् । उनलाई नेकपा एमालेका हिदम लामाले ३१५ मत ल्याएर पछ्याइरहेका छन् ।

यस्तै, उपाध्यक्षमा गठबन्धनबाटै चुनाव लडेका कांग्रेसका सञ्जीव श्रेष्ठले ४११ मत ल्याएर अग्रता बनाएका छन् । उनलाई एमालेकी पार्वती रानाले ३१५ मतसहित पछ्याइरहेको छिन् । 
 





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार ६:५०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया