बैतडीको सूर्नया–१ मा एमालेका धनबहादुर चन्द विजयी

बैतडीको सूर्नया गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका धनबहादुर चन्द निर्वाचित भएका छन् । उनी १५५ मतका साथ वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

चन्दका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवारले ११५ मत ल्याएका छन् । सदस्यहरूमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् । 

गाउँपालिका अध्यक्षमा भने कांग्रेसको अग्रता रहेको छ । ४ सय ७० मतको परिणाम बाहिर आउँदा अध्यक्ष पदमा कांग्रेसका गजेन्द्रबहादुर चन्दले २९८, एमालेका अम्मरबहादुर कुँवरले ६८ र एकीकृत समाजवादीका नरेन्द्र विष्टले ३१ मत पाएका छन् ।  

यस्तै, उपाध्यक्ष पदमा कांग्रेसका मञ्जु बोहराले १५७, माओवादी केन्द्रका दिलाराम भट्टले ७५ र राप्रपाका देवबहादुर चन्दले ९७ मत प्राप्त गरेका निर्वाचन अधिकृत सिद्धराज जोशीले जानकारी दिए । 





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार ७:४१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया