बझाङको तीन पालिकामा मत गणना सुरु, तिनैमा एमालेको सुरुवाती अग्रता

बझाङमा तीन पालिकामा मतगणना सुरु भएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र मष्टा गाउँपालिकामा मतगणना सुरु भएको हो ।

यी तिनै पालिकामा नेकपा एमालेको सुरुवाती अग्रता छ । मष्टा गाउँपालिकामामा ४ सय १ मत गणना हुँदा एमालेका अध्यक्ष उम्मेदवार दीपक रोकायाले २२५ मतका साथ अग्रता बनाएका छन् । 

उनलाई पछ्याइरहेका गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका ज्ञानबहादुर बोहराले १४४ मत पाएका छन् । त्यस्तै, जिल्लाको बित्थडचिर गाउँपालिकामा पनि एमालेले नै अग्रता बनाएको छ ।

यो पालिकामा ४ सय ८ मत गणना हुँदा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार लोकेन्द्र बोहराले २३१, कांग्रेसका अमर महरले १२६ र नेकपा एकीकृत समाजवादीका जय बोहराले १५ मत प्राप्त गरेका छन् । 

खप्तडछान्ना गाउँपालिकामा पनि एमालेको अग्रता कायममै छ । यहाँ वडा नं. १ मा ४ सय ९४ मतगणना हुँदा एमालेका गाउँपालिका अध्यक्ष उम्मेदवार लोकेन्द्र बहादुर सिंहले २ सय ५६, गठबन्धनका साझा उम्मेदवार कांग्रेसका उत्तमकुमार रोकायाले २ सय ३८ मत पाएका छन् ।  





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार ८:२१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया