एमाले उम्मेदवारलाई २ मतले हराउँदै मुस्ताङको घरपझोङमा कांग्रेसका लालचन विजयी

मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार मोहनसिं लालचन विजयी भएका छन् । उनी नेकपा एमालेका उम्मेदवारलाई २ मतको अन्तरले हराउँदै अध्यक्षमा विजयी भएका हुन् ।

लालचनले ७ सय ६० र निकटतम प्रतिद्वन्द्वी एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत पाए । उक्त पालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् ।

उपाध्यक्षमा कांग्रेसकी जमुना थापा मगरले ६ सय ९३ मत ल्याइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६ सय १८ मत पाइन् । 

मुख्य निर्वाचन अधिकृत रुमाकान्त ज्ञवालीका अनुसार घरपझोङ गाउँपालिकामा १ हजार ५ सय ९८ मत खसेको थियो । उनका अनुसार वडा ३ मा एमालेको प्यानल र ४ मा कांग्रेसको प्यानल विजयी भएको छ । 

वडा नम्बर १, २ र ५ मा अध्यक्ष तथा सदस्य निर्विरोध निर्वाचित भइसकेका थिए । 





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १०:२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया