दार्चुलाको अपिहिमाल–१ मा एमालेलाई हराउँदै कांग्रेसका लोथ्याल निर्वाचित

दार्चुलाको अपिहिमाल गाउँपालिका–१ मा गठबन्धनका पोखरसिंह लोथ्यालसहितको प्यानल विजयी भएको छ । लोथ्याल १ सय ८३ मतसहित  वडाध्यक्षमा विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका भरतसिंह धामीले १ सय ५६ मत ल्याए । लोथ्याल कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार बनेका थिए ।
 
पालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष नेकपा (माओवादी केन्द्र) का भगतसिंह ठेकरे बोहराले २ सय २ मतका साथ अग्रता बनाएका छन् ।

एमालेका धर्मानन्द मन्यालले एक सय २३, उपाध्यक्षमा कांग्रेसकी देवकी बोहोराले एक सय ६६ र एमालेकी उर्मीला बोहराले एक सय २१ मत ल्याएकी छन् । 





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १०:२३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया