काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन शाह) ले सुरुवाती अग्रता लिएका छन् । ७५ मत गणना हुँदा उनले २२ मतले अग्रता लिएका हुन् ।
अहिले काठमाडौं महानगरपालिकामा वडा नम्बर १ र ३२ को मत गणना भइरहेको छ । दुईवटै वडा गरी बालेनले ११/११ मत पाएका हुन् । त्यस्तै, उनलाई पछ्याइरहेकी गठबन्धन (नेपाली कांग्रेस) की मेयर प्रत्यासी सिर्जना सिंहले १८ मत प्राप्त गरेकी छन् ।
नेकपा एमालेका केशव स्थापितले १३ र राप्रपा उम्मेदवारले तीन मत ल्याएका छन् । काठमाडौं महानगरपालिकाको मेयरका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ५४ जनाले उम्मेदवारी दिएका छन् । उपमेयरका लागि भने ३० जनाले उम्मेदवारी दिएका छन् ।
यसपालि काठमाडौं महानगरपालिकामा मेयर पदमा गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवार शाहबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । ३ लाख २४२ मतदाता रहेको काठमाडौं महानगरपालिकामा यसपालि ५२ प्रतिशत मात्रै मत खसेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।