काठमाडौं महानगर : ३०० मत गन्दा बालेन अगाडि, पछ्याउँदै सिर्जना

काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । उनले ३०० मतगणना हुँदा ७२ मतका साथ अग्रता कायमै राखेका हुन् ।

उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ७० मत पाएकी छन् । तेस्रोमा रहेका एमालेका केशव स्थापितले ५९ मत ल्याएका छन् । त्यस्तै, 
अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ र राप्रपाका मदनदास श्रेष्ठले ८ मत प्राप्त गरेका छन् । 
 
अहिले वडा नम्बर १ र ३२ को मतगणना भइरहेको हो । अहिलेसम्म वडा नम्बर ३२ मा २०० मत र वडा नम्बर १ मा १०० मतको गणना सकिएको छ । 





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १३:०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया