मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका नगरप्रमख पदका बागी उम्मेदवार मनोजकुमार साहले अग्रता कायम गरेका छन् ।
जनकपुरधाम–१ को ताजा मतपरिणाम अनुसार ७८० मत गन्दा मनोजले शुरुवाती अग्रता लिएका हुन् ।
साहले २५९ मत प्राप्त गर्दा नेकपा एमालेका शिवशंकर साह हीराले १०५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार बलराम महतोले ६१, लोसपाका मनोज कुमार चौधरीले ४७, जसपाका लालकिशोर साहले ३६ र स्वतन्त्र उम्मेदवार जानकीराम साहले ३२ मत पाएका छन् ।
उपमेयरमा भने नेपाली कांग्रेसका किशोरी साहले ३००, नेकपा एमालेकी रूणा झाले १३५ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ५० मत ल्याएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।