दैलेखको महावु गाउँपालिका- १ मा एमालेको प्यानल नै विजयी
फरकधार / ३१ बैशाख, २०७९

दैलेखका महावु गाउँपालिका वडा नम्बर १ मा एमालेका सर्वराज सार्की विजयी भएका छन् । उनले ६९२ मत ल्याएर विजयी भएका हुन ।



वडाध्यक्ष पदका उम्मेद्वार नेपाली कांग्रेसका सूर्यराम सावदले ६३६, नेकपा माओवादी केन्द्रका दलबहादुर सुनारले ४४ र राप्रपाका गगनबहादुर थापाले ११ मत ल्याएर पराजित भएका छन् ।

खुला वडासदस्यमा एमालेका जयबहादुर गुरुङले ७२३, बलबहादुर बयकले ७०९ मत ल्याएर विजयी भएका छन् । यस्तै, महिला सदस्यमा एमालेका सरस्वती रोकाय ७२५ र दलित महिला सदस्यमा एमालेकै हरिकला सुनारले ७१४ मत ल्याएर विजयी भएका छन् ।

गाउँपालिका अध्यक्ष पदमा भने नेकपा एमालेले अग्रता लिएको छ । एमालेले ७३०, कांग्रेसले ३५३ मत ल्याएको छ । उपाध्यक्षमा एमाले ७०४ र कांग्रेस ५७६ मत ल्याएको छ ।
 



  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १३:९:८,   अन्तिम अपडेट : बैशाख ३१, २०७९ शनिबार १३:१२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया