काठमाडौं महानगरको उपमेयरमा डंगोलको अग्रता, नेकपा एसका श्रेष्ठ पछिपछि
फरकधार / ३१ बैशाख, २०७९

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले सुरुवाती अग्रता लिएकी छन् । १ सय ७० मत गन्दा उनले ५७ मत ल्याएकी छन् ।



उनलाई पछ्याइरहेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ मत प्राप्त गरेका छन् । उनी गठबन्धनबाट उपमेयरका उम्मेदवार हुन् । मेयरतर्फ भने स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुवाती अग्रता लिएका छन् । उनले ७२ मत प्राप्त गरेका छन् ।

बालेनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ७० मत प्राप्त गरेकी छन् । नेकपा एमालेका केशव स्थापित ५९ मतसहित तेस्रो स्थानमा छन् । 



  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १३:१८:५५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया