धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका नगरप्रमख पदका उम्मेदवार विनय कुमार यादवले अग्रता कायम गरेका छन् ।
नगराइन नगरपालिका–१ को ताजा मतपरिणाम अनुसार १३६ मत गन्दा विनयले सुरुवाती अग्रता लिएका हुन् ।
विनयले ७९ मत प्राप्त गर्दा नेकपा एमालेका रामबाबु पजियारले ४३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, लोसपा नेपालका उम्मेदवार राजु चौधरीले ५ मत पाएका छन् ।
उपमेयरमा भने नेपाली कांग्रेसकी रञ्जु कुमारी साहले ७३, नेकपा एमालेकी राधा देवी यादवले ४९ र लोसपाका उम्मेदवार उर्मिला देवी मण्डलले ५ मत ल्याएकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।