काभ्रेको धुलिखेल-१ मा कांग्रेसको प्यानल नै विजयी

काभ्रेको धुलिखेल नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सन्तबहादुर लामा विजयी भएका छन् । उनी एमाले उम्मेदवारलाई १०६ मतले हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् । 

त्यस्तै, धुलिखेल–१ मा वडाध्यक्षसहित कांग्रेसका चारजना सदस्य पनि विजयी भएका छन् । धुलिखेल–१ को मत परिणाममा मेयरका स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतले ५ सय ७२ मत पाए ।

त्यस्तै, एमालेका उम्मेदवार अशोक ब्यन्जुले ४ सय ६७ मत पाएका छन् । 





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १३:३८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया