सर्लाहीको कौडेना तनावग्रस्त, प्रहरीद्वारा पाँच राउण्ड हवाई फायर
प्रतीकात्मक तस्वीर

सर्लाहीको कौडेना गाउँपालिका तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । 

कौडेना गाउँपालिका वडा नम्बर–४ मोतिपुरमा शुक्रबार नेपाली कांग्रेसले अन्य दलका मतदातालाई भगाएर एक पक्षीय रूपमा मतदान गरेको भन्दै त्यसलाई बदर गर्नुपर्ने कांग्रेसबाहेकका दलले माग गर्दै आएको छ । 

त्यसै, विषयलाई लिएर अहिले गाउँपालिका भवनमा राखिएको मतपेटिका स्थलमा ढुंगामुढा भएपछि प्रहरीले ५ राउण्ड हवाई फायर गरेको हो ।
 





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १३:५०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया