डडेल्धुराको परशुराम नगरपालिका–१ मा माओवादी केन्द्रका लालबहादुर धामी (अपिल) निर्वाचित भएका छन् ।
उनी ५०७ मतका साथ वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी एमालेका केशवराज अवस्थीले ४ सय ४० मत ल्याए । त्यस्तै, कांग्रेसका कृष्ण विष्टले ३ सय १२ मत पाए ।
परशुराम–१ मा धामी प्यानसहित विजयी भएका हुन् । वडा सदस्यमा दुरा खातीले ५०४, दलित महिला सदस्य राधिका विकले ५०१ तथा दुई खुला सदस्य गौरीलाल कामी र मान बिष्टले क्रमशः ५०८ र ५१० मत ल्याएका छन् ।
वडा नम्बर १ बाट नगरपालिकाको मेयरमा माओवादीका शेरसिंह माल ‘डायमण्ड’ ले ५ सय २८ मत प्राप्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।