गण्डकीको ८ पालिकाको परिणाम सार्वजनिक : एमाले पाँच, कांग्रेस तीनमा विजयी

गण्डकी प्रदेशको आठ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये मनाङका सबै पालिकाको गणना सकिएको छ भने मुस्ताङका चार पालिकाको गणना पूरा भएको छ । हालसम्म गण्डकीमा एमालेले पाँच पालिकामा जित निकालेको छ ।

कांग्रेसले भने तीन पालिका मात्रै जितेको छ । अरू पार्टीले यहाँ जित निकाल्न सकेका छैनन् । एमालेले मनाङको चामे र मनाङ ङिस्याङ, मुस्ताङको लोघेकर दामोदर कुण्ड, लोमान्थाङ र बारागुङ मुक्ति क्षेत्रमा अध्यक्ष जितेको छ ।

कांग्रेसले मनाङको नासों, नार्पाभूमि र मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा जित हासिल गरेको छ । यसअघि कांग्रेसले जितेको लोमान्थाङ र बारागुङ मुक्ति क्षेत्रमा एमालेले इन्ट्री गरेको छ ।

यसअघि एमालेले जितेको घरपझोङमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । पाँच पालिका रहेको मुस्ताङको थासाङमा गणना जारी छ । यसअघि यो पालिकामा कांग्रेस जितेको थियो ।  





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १५:४८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया