प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित, करुवा चिन्ह भएका भण्डारी विजयी

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा नेपाली कांग्रेस (बीपी) ले नेपाली कांग्रेसलाई हराएको छ । 

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वडासमेत रहेको १ मा कांग्रेस बीपीले १२९ मतले कांग्रेसका उम्मेदवारलाई हराएको हो ।

‘करुवा’ चुनाव चिन्ह कांग्रेस बीपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गरे । कांग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रै पाए । यस वडाबाट प्रधानमन्त्री देउवाले मत हालेका थिए ।

कांग्रेसबाट निष्काशित कर्ण मल्ल समूहले बीपी कांग्रेसको करुवा चुनाव चिन्ह लिएर कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ । डडेल्धुरामा करुवा र नेकपा (एमाले) बीच चुनावी तालमेल छ । 





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १६:४४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया