धनुषामा एकीकृत समाजवादीले खोल्यो खाता, वडा-१ मा सन्तोष गोइत विजयी
फाइल तस्वीर

धनुषामा नेकपा एकीकृत समाजवादी पार्टीले खाता खोलेको छ ।

धनुषाको जनकनन्दिनी गाउँपालिका–१ को वडाध्यक्षमा जित हासिल गर्दै एकीकृत समाजवादी पार्टीले खाता खोलेको हो ।

सो वडामा एकीकृत समाजवादीका उम्मेदवार सन्तोष गोइत विजयी भएका हुन् ।

गोइतले ४१२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवनाथ मैरता यादवले ३२४ मत ल्याएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए ।

सदस्यमा सोही पार्टीका मोहन यादव र रामप्रगास हलुवाई, महिला सदस्यमा सिमलादेवी माझी र दलित महिला सदस्यमा अरहुला देवी निर्वाचित भएका छन् ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १८:३५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया