बालेन शाह स्थापितभन्दा दोबर मतले अगाडि

काठमाडौं महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा होमिएका बालेन शाह मत परिणाममा अगाडि रहिरहेका छन् ।

उनलाई नेपाली कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी छिन् । नेकपा एमालेका केशव स्थापित तेस्रो नम्बरमा छन् ।

चौथो नम्बरमा स्वतन्त्र उम्मेदवार सुमन सायमी छन् भने चौथोमा मदनदास श्रेष्ठ छन् ।

पछिल्लो मत परिणामअनुसार बालेन शाहले ४ सय ८० मत ल्याउँदा सिर्जना सिंहले २ सय ८० मत ल्याएकी छिन् । 

एमालेका स्थापितले २ सय मत ल्याएका छन् । सुमन सायमीले ७९ मत ल्याएका छन् भने राप्रपाका मदनदास श्रेष्ठले २१ मत ल्याएका छन् ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १८:४२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया