मतगणनामा धाँधली भएको भन्दै महोत्तरीको बर्दिबासमा एमालेको नाराबाजी

महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणनामा धाँधली गरेको भन्दै नेकपा एमाले आन्दोलनमा उत्रेको छ ।

निर्वाचन कार्यालय बर्दिबासले मतगणना सकिएपछि माओवादी केन्द्रका उम्मेदवार समसेर सिंहलाई वडा न. ८ वाट वडा अध्यक्षमा विजयी भएको घोषणा गरेको थियो ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रुद्र किङरिङ्गलाइ ९ मतले पछाडि पार्दै समसेर सिंह विजयी भएको घोषणापछि निर्वाचन आयोगको निर्णय नमान्ने भन्दै नेकपा एमालेले प्रदर्शन गरेका हुन् ।

माओवादी केन्द्रले पाएको ९ मत नेकपा एमालेको भएको दावी गर्दै विजयी नेकपा एमाले नै हुनुपर्ने एमाले बर्दिबासको अडान छ ।

निर्वाचन आयोगले मतगणनामा धाँधली गरेको हुन सक्ने बताउदै एमालेले पुनः मतगणना गर्न माग गरेको छ तर निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार मतगणनामा धाँधली नभएको र घोषणा गरेको उम्मेदवार नै विजयी भएका छन ।

यता माओवादी केन्द्र पनि पुन: मतगणना गर्न नसकिने भन्दै उक्त प्रक्रियाबाट बाहिरिएको छ ।



अहिले सोही विवाद कै कारण मतगणना प्रक्रिया अवरुद्ध बनेको छ भने बाहिर सडकमा कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन ।

निर्वाचन आयोगले नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी रुद्र किङ्गरिङ्गलाइ ८ मतले उछिन्दै विजयी हासिल गरेको घोषणा गरेको थियो ।



निर्वाचन अधिकृतले घोषणा गरेको मतअनुसार समसेर सिंह लामाले ७५३ मत र रुद्र किङ्गरिङ्गले ७४३ मत प्राप्त गरेका छन ।

विरोधकै कारण मतगणना प्रक्रियासमेत २ घण्टादेखि रोकिएको छ । माओवादी केन्द्रले भने विजय जुलुस निकालेका छन ।

  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १८:४५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया