जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै छ ।
सुरुवातदेखि नै अग्रता कायम गरेको मनोजले १ हजार २८० मतको गणना हुँदा ४५१ मत ल्याएका छन् ।
पाँच दलीय गठबन्धनका उम्मेदवार निवर्तमान मेयर लालकिशोर साहले भने ६८ मत मात्र प्राप्त गर्न सकेका छन् । दोस्रो स्थानमा नेकपा एमालेका शिवशंकर साह हिरा रहेका छन् । उनले १५६ मत ल्याएका हुन् ।
यस्तै स्वतन्त्र उम्मेदवार बलराम महतोले ९८, स्वतन्त्र उम्मेदवार जानकीराम साहले ८३ र लोसपाका मनोज चौधरीले ७९ मत ल्याएका छन् । यस्तै उपमेयरमा गठबन्धनका कांग्रेसबाट उम्मेदवार रहेका किशोरी साहले ४६३ मत ल्याएका छन् भने नेकपा एमालेकी रुना झाले १८२, लोसपाकी निवर्तमान उपमेयर रिता कुमारी मिश्रले ८२ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ८२ मत ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।