बझाङका तीन पालिकामा पुनः मतदान कहिले ?

शुक्रबार मतदान स्थगित भएका बझाङका तीन पालिकामा पुनः मतदान हुने भएको छ । शुक्रबार मतदानको क्रममा विवाद उत्पन्न भएपछि मतदान स्थगित भएका जिल्लाका ६ वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । 

शुक्रबार जयपृथ्वी नगरपालिका-७ को सुनिपिपल चौर मावि चौपाख्या क र ख मतदान केन्द्र, केदारस्यूँ गाउँपालिका-४ को शैन्सुमा रहेको क र ख मतदान केन्द्र र सुर्मा गाउँपालिका २ र ३ को मतदान केन्द्रमा फेरि मतदान हुने भएको हो । 

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालका अनुसार शनिबार जिल्लामा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले १ जेठमा जयपृथ्वी नगरपालिका–७ स्थित सुनिपिपल मावि सुवेडा क र ख केन्द्रमा पुनः मतदान हुने भएको छ । 

शुक्रबार भएको निर्वाचनमा मतदान स्थलमा विवाद भएपछि सर्वदलीय बैठक बसेर निर्वाचन स्थगित गरिएको थियो । उक्त मतदान केन्द्रमा ढुंगामुढा, हुलदंगासहित मतपेटिका फुटाएपछि मतदान अर्को सूचना नहुँदा सम्मका लागि सो केन्द्रमा स्थगित गरिएको थियो ।

यस्तै केदारस्युँ गाउँपालिका–४ स्थित जगन्नाथ मावि शैन्सु क र ख केन्द्रमा विवाद भएका कारण स्थगित भएको निर्वाचन २ जेठमा पुनः हुने जिल्ला निर्वाचन कार्यालय बझाङले जनकारी दिएको छ । 

विवादका कारण स्थगित गरिएको सुर्मा गाउँपालिका–२ को आधाबगर मावि डोगडी र वडा नम्बर ३ को कृष्ण प्रावि मतदान केन्द्रमा पनि २ जेठमा नै मतदान हुने भएको छ ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १९:३५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया