जसपा नेता झाको घरमा आगजनी, डेढ लाखभन्दा बढीको क्षति

महोत्तरीको मनरासिस्वा नगरपालिकामा जनता समाजवादी पार्टी नेपालका एक नेताको घरमा अज्ञात समूहले आगजनी गरेको छ ।

शुक्रबार राति वडा नम्बर–९ बस्ने जसपाका महोत्तरी जिल्ला सह–सचिव सरवेश झाको घरमा अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीमा परी उनको घरको बराम्दामा पार्किङ गरेर राखिएको भारतीय नम्बर प्लेटको होन्डा साइन मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको छ भने घरको छानोमा समेत क्षति पुगेको छ । 

घरका सदस्यहरु रातिको समयमा जाग्राम रहेकोले थप क्षति हुनबाट जोगिएको पीडित झाले बताए ।

उनले भने,‘मतदानको दिन थियो, कसैले षडयन्त्रपूर्वक मलाई मार्ने प्रयासमा घरमा आगजनी गरेको हो । दोषीमाथि कडा कारबाहीको माग गर्दछु ।’

आगलागीका कारण मोटरसाइकलसहित करिव डेढ लाखभन्दा बढीको क्षति भएको पीडित झाले बताए ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार २०:८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया