काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापितले घटाए मतान्तर

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखे पनि एमालेका उम्मेदवार केशव स्थापितले मतान्तर घटाउँदै लगेका छन् । 

काठमाडौंको राष्ट्रियसभा गृह भृकुटीमण्डपमा भइरहेको मतगणनामा अहिलेसम्म साहले ५५७ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई स्थापितले ५ सय २६ मत ल्याएर पछ्याइरहेका छन् । साह स्थापितभन्दा ३१ मतले अगाडि छन् ।

यस्तै, गठबन्धनतर्फ कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३१७, अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७२, राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ६८ मत प्राप्त गर्दा विवेकशील साझाकी समीक्षा बाँस्कोटाले १३ मत पाएकी छन् ।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले अग्रता बढाएकी छन् । उनले ६०२ मत पाएकी छिन् । उनलाई पछ्याइरहेका सत्ता गठबन्धनबाट उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले मात्रै १२६ मत पाएका छन् । 

राप्रपाकी विनिता मगैयाले १२६, विवेकशील साझा पार्टीकी कृति कंसाकरले ३५ मत पाएका छन् । अहिले मतगणना जारी छ । निर्वाचन आयोगले एकसाथ पाँचवटा वडाको मतगणना भइरहेको जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार २१:६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया